तारा महता
पुनर्वास
श्री नव ज्योति आमा समूह एवम महिला जागरण चौतारीको चौथो साधारण सभा सम्पन्न भएको छ ।
समुहकी अध्यक्ष विष्णु माया कोइरालाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथिको आसनमा पुनर्वास नगरपालिकाकी नगर उप प्रमुख भुलिया कुमारी राना, बिशिष्ट अतिथिमा मित्र सिंह लामा, हरि प्रसाद अधिकारी, राम बहादुर धामी, रिता मल्ल, भरत कुमार बस्नेत रहनु भएको थियो भने अतिथिमा समुहका सम्पुर्ण पदाधिकारी र पत्रकारको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख भुलिया कुमारी रानाले यस समुहले कुनै पनि कार्य गर्दा टोल गत कार्य नगरेर सम्पुर्ण वडाका लागि हुने कार्य गर्नुहोला र त्यस्तो कार्य गर्दा वडा अध्यक्ष सङ समन्वय गरेर अगाडि बढ्नु भयो भने म मेरो ठाउँ बाट गर्ने सहयोगका सधै तत्पर रहने बताउनु भयो ।