Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत

IMG
लाल‌ बहादुर एस के 
कञ्चनपुर
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत चयन भएका छन । मंगलबार पुनर्वासको सम्राट होटलमा आयोजना गरीएको नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा
पुनर्वास नगरपालिका स्तरीय प्रथम अधिवेशनले शंकर बोगटीको अध्यक्षतामा तेह्र सदस्यीय नगर कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा कल्पना पौडेल, सचिवमा दिपेन्द्र बिष्ट, कोषाध्यक्षमा सविता आउजी, सहसचिवमा दुर्गादत्त भट्ट चयन भएका छन । त्यसैगरी सदस्यमा ऐश्वर्य तामाङ, घनश्याम थापा, हिरालाल ओझा, प्रकाश अधिकारी, बल बहादुर रोकाया, पुनम तामाङ, तुलसीराम तिमिसेना र भूमीप्रसाद तिवारी चयन भएका छन । 

कल्पना पौडेलको अध्यक्षता तथा कञ्चनपुर १ प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सभा सदस्य वीर बहादुर थापा हुनुहुन्थ्यो । अतिथिका रुपमा नेपाल निजामती कर्मचारी संघ, सुदूरपश्चिम कमिटी महासचिव महादेव जोशी, नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर अध्यक्ष मान बहादुर चन्द, जिल्ला सदस्यहरु लालमान तामाङ, टेक बहादुर थापा लगायत पुनर्वासका निजामती कर्मचारीहरुको कार्यक्रममा उपस्थिति थियोे ।

अतिथिको आसनबाट बोल्दै नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर अध्यक्ष तथा बेलौरी स्वास्थ्य शाखा प्रमुख मान बहादुर चन्दले "सिघ्र सेवा तिब्र विकास" नारा चरितार्थ गर्न र 
सेवाग्राहीलाई सम्मान गर्न सबैलाई अनुरोध गर्नुभयो ।

त्यसैगरी विशिष्ट अतिथिका रुपमा बोल्नुहुँदै प्रदेश सभा सदस्य वीर बहादुर थापाले पार्टी मै बस्ने तर भोट अन्तै हाल्ने प्रवृति बढिरहेको बताउनुभयो । एमालेले एकल बहुमत ल्याउन नसक्दा देशले क्षती ब्यहोरी रहेकोले  सबैले पार्टी विस्तारका लागि हरदम तयार हुनुपर्ने र
 मिसन ग्रासरुट सुधार र विस्तार गर्न पार्टीले ल्याएको अभियानलाई सफल पार्नुपर्ने धारणा राख्नुभयो । 

प्रमुख अतिथि तारालामा तामाङले    जनप्रतिनिधिहरुसंग समन्वय गरेर मात्र काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले संगठनले के दियो हैन, संगठनलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने र ग्रासरुट लेबलमा काम गर्ने कर्मचारीकै आधारमा सम्पूर्ण संरचनाको सफलता र असफलता हेर्न सकिने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो ।