लाल बहादुर एस.के.
पुनर्वास
बैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका २ मोतीबस्तीका तेज थापा र अभियान लघुबित्त कार्यालय प्रमुखकी यशोदा थापाले आफ्नो जन्मदिनको अवसर पारी श्री सरस्वती माध्यमिक बिद्यालयका गरिब तथा जेहेन्दार विद्याथीलाई झोला, कापी र कलम सामाग्री सहयाेग गरेका छन ।
सरस्वती माविका कक्षा १ मा पढ्ने पाँच जना विद्यार्थीलाई झोला, कापी र कलम दिइएको थियो भने त्यस्तैगरी २८ जनालाई कापी कलम वितरण गरिएको थियो । केहीदिन अगाडि आफ्नो भाईको जन्मदिन परेकोले र आजपर्न गएको आफ्नो जन्मदिनको अवसर पारी गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइ लेखाइमा मद्दत पुगोस भन्ने उद्देश्यले आफूले सामग्री वितरण गरेको लघुबित्त शाखाकि प्रमुख यशोदा थापाले बताउनु भएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई सामग्री हस्तान्तरण कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर दुईकि वडा सदस्य समेत रहेकी पार्वती बि.क. समेत रहनुभएको थियो ।
कमेन्ट गर्नुहोस्