Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी

IMG
लाल बहादुर एस के
कञ्चनपुर
कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा मिश्रित नतिजा आएको छ । महाकाली बहुमुखी क्याम्पसमा जम्मा ५७२ जना विद्यार्थी मध्ये ४७४ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत गंगा प्रसाद रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्ववियु सभापतिमा नेविसंघका निरज भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा अनेरास्ववियुका यशोदा रेग्मी र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै रमेश जोशी निर्वाचित हुनु भएको छ । सदस्यहरूमा भने अनेरास्ववियुका राहुल कुमार बोट, अखिल क्रान्तिकारीका प्रदिप कुमार बोट, अखिल क्रान्तिकारीकै आरती राना (गोलाप्रथाबाट), नेविसंघका अस्मिता बिष्ट र नेबिसंघकै बन्दना कुमारी बिष्ट निर्वाचित हुनुभयो ।

उक्त क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज अलगअलग तथा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तथा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालमेल गरी ४ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्