Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
पुनर्वास
सिँगो सुदुरपश्चिमका समसामयिक विषयबस्तुको उठान गर्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक रुपमा प्रकाशन हुने विश्व खोज दैनिक पत्रिकाले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ ।

बुधबार दैनिकको शाखा कार्यालय पुनर्वास नगरपालिका–३, आई. बी. आर. डी. मा कार्यरत ४ जना महिला कर्मचारीहरुलाई सम्मान गरी नारी दिवस मनाईएको हो ।

मिठो परिकार खुवाउँदै दोसल्ला सहित दैनिकका कार्यकारी सम्पादक हरिलाल जोशी र सह–सम्पादक केशव भट्टराईले उनीहरुलाई दोसल्लाले सम्मान गरेको थियो ।

सम्मान पश्चात दैनिकका सह–सम्पादक तथा कार्यकारी सम्पादकद्वोयले थिचोमिचोमा हैन समाजमा हुने महिला प्रतिका विभेदपूर्ण व्यवहारको अन्त्य गर्दै महिलाको हरेक समस्यालाई मिडिया मार्फत बुलन्द आवाज गरी सक्रिय भई लाग्न अनुरोध गर्नुभएको थियो ।
अहिले पनि दक्षिणी क्षेत्रमा महिला पत्रकारहरुको संख्या निकै न्यून छ । तपाईहरु बजार प्रतिनिधिका रुपमा मात्रै सिमित नरहेर समाज रुपान्तरण गर्ने एक साहसी महिला पत्रकारका रुपमा उभिनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

समुदाय स्तरमा दबिएर रहेका कुरिती, कु–संस्कार, हिँसा, अत्याचार लगायतका विषयलाई उठान गरी सञ्चार माध्यमका तर्फबाट समाधान गर्ने ध्येयका साथ सो दैनिक पत्रिका र अनलाईन मिडियालाई स्थापना गरिएको हो ।

कमेन्ट गर्नुहोस्