Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस

IMG
लाल बहादुर एस.के.
पुनर्वास
कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा पनि ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईयाे । पुनर्वासमा सांस्कृतिक कार्यक्रम सहित रक्तदान गरी कार्यक्रम मनाईएकाे हाे ।
      
'लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हाे । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । नारी दिवसको अवसरमा २६१ जनाकाे आँखा चेकजाँच गरिएको थियाे ।  कार्यक्रममा समुदायको विकास तथा सकारात्मक रुपान्तरणमा बिशेष भुमिका खेल्ने महिलाहरुलाई सम्मान समेत गरिएकाे छ ।

प्रमुख अतिथीकाे आसनबाट बाेल्दै पुर्व खानेपानी मन्त्री बिना मगरले विभेद पूर्ण ब्यवहार रहदा सम्म समाजमा महिलाकाे अधिकार सुनिश्चितता नरहने बताउनु भयाे । हक अधिकार नारामा मात्र सिमित रहेकाले नेपाली महिलाको अवस्था परिवर्तन हुन नसकेकाे बताउनु भयाे । छोरालाई बोर्डिङमा पढाउने र छोरीलाई सरकारी बिद्यालयमा पढाउने परम्पराकाे अन्त्य हुनुपर्नेमा पुर्वमन्त्री मगरले जाेड दिनु भयाे । 
        
कार्यक्रमका सभापति पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया कुमारी राना रहनुभएको थियो भने कार्यक्रमका बिशिष्ट अथितिमा पुनर्वास नगरपालिकाका नगरप्रमुख ताेय प्रसाद  शर्मा तथा पुर्व उपप्रमुख शारदा बिष्ट धामी रहनुभएको थियो ।

कमेन्ट गर्नुहोस्