लाल बहादुर एस.के.
कञ्चनपुर
राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे उपलक्ष्यमा कञ्चनपुरकाे लालझाडीमा दुई दिने खखडेरा महाेत्सव लाग्ने भएकाे छ । लालझाडी गाउँपालिकाकाे आर्थिक सहयाेगमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा महाेत्सव हुन लागेको हाे ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मञ्चले साे कुराकाे जानकारी दिएकाे हाे । मञ्चले लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा महाेत्सव गर्ने भएको हो । राना थारु कला संस्कृतिकाे संरक्षण तथा प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महाेत्सवकाे आयाेजना गर्न लागिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । कार्यक्रममा रानाथारु साँस्कृतिक झाँकि प्रदर्शन, स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति, जनचेतनामूलक नाटक, रानाथारु समुदायको खानाको परिकार आदिकाे प्रदर्शनी रहने राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष अमर रानाले बताउनु भयो ।
हाेलि पर्वकाे अन्त्य सँगै मनाईने खखडेराकाे छुट्टै महत्व रहेकाे छ । गाउँ समाजमा राेग ब्याधी, महामारी लगायत भुत प्रेतलाई भगाउने र खुशीयाली साटासाट गरी खखडेरा पर्व मनाउने गरिन्छ । यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।
महोत्सवमा डंका नाच, रानाथारु साँस्कृतिक नाच तथा आईटम डान्स समेत प्रस्तुत गरिने छ । महाेत्सवमा रानाथारुका खाना परिकारका स्टल रहनेछन । महाेत्सवमा पाँच हजार दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मञ्चका अध्यक्ष अमर रानाले बताए ।
कमेन्ट गर्नुहोस्