Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

IMG
लाल बहादुर एस. के.
बेलाैरी
आउदाे फागुन २० गते कञ्चनपुरकाे बेलाैरीमा रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम हुने भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम हुन लागेको हाे ।
         
रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विषेश महत्वका साथ मनाउने गर्छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना अादान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे अायाेजना हुन लागेको हाे । कार्यक्रममा प्रमुख अथिति पूर्व खानेपानी मंत्री बिना मगर, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट लगायत रानाथारु अगुवाहरुकाे उपस्थिति रहने  आयाेजक समितिका अध्यक्ष तथा भलमन्सा सुरेश बडायकले जनाए ।
   
कार्यक्रममा झाँकी प्रदर्शन, हाेली नाच , रानाथारु समुदायको विभिन्न खानाका परिकार आदीकाे प्रदर्शनी गरिने  कार्यक्रमका प्रचारप्रसार उपसमितिका सदस्य रेशम चौधरीले जनाकारी दिए । कार्यक्रम बेलाैरी बजारको खुला मञ्चमा हुनेछ ।

कमेन्ट गर्नुहोस्