सुदुरपश्चिम खबर सम्बाददाता
पुनर्वास
कंचनपुरको पुनर्वासमा बहाई समुदायले मृतक परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ। अल्पकालमा ज्यान गुमाएका पुनर्वास नगरपालिका वडा नम्बर २ का गोरख आउजिको परिबारलाई मोतिबस्ति-अम्रैया बहाई स्थानीय आध्यात्मिक सभाले आर्थिक र खाद्यान्न सहयोग गरेको हो।
मंगलबार स्थानीय आध्यात्मिक सभकि सभापति कुसुम एसके, सहायक मण्डल सदस्य हेमन्त बुढा र बाल कक्षा संयोजक सुस्मिता आचार्यले चामल, नुन, तेल, तरकारी र नगद पाँच हजार रुपैयाँ मृतक परिवारलाई भेटेर हस्तान्तरण गर्नुभएको हो। सहयोग हस्तान्तरण गर्दै सभा कि सभापति कुसुम एसके ले सम्पुर्ण बहाई साथीहरूको तर्फबाट सहयोग संकलन गरि पीडित परिवारलाई सानो भए पनि सहयोग गर्न पाउदा खुशी लागेको बतानु भयो।
त्यस्तै मृतक आउजिका कान्छा छोरा अर्जुन आउजिले यो दु:खद घडिमा स्थानीय आध्यात्मिक सभाले मलम लगाएकोमा खुशि व्यक्त गर्नु भयो। अर्जुन आउजि मोतिबस्ति-अम्रैया स्थानीय बहाई आध्यात्मिक सभाका सदस्य पनि हुनुहुन्छ।
सहयोग हस्तान्तरण पश्चात् कुरा गर्दै सहायक मण्डल सदस्य हेमन्त प्रकाश बुढाले मानवजातिको सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुरामा आफुहरुले बिश्वास गर्ने भएकोले यो हाम्रो तर्फबाट सानो सहयोग मात्रै भएको बताउनु भयो। तसर्थ सेवाभावले गरेको कार्यमा किन देखाउनु भनेर कसैलाई नबोलाएर दिने योजना भएपनि भेटघाटमा आएका मानिसहरुले फोटो खिच्नु भयो तर सहयोग गरे भनेर देखाउनु त्यति राम्रो नहुने बताउनु भयो।
उँहाले आफुहरुले समुदायमा बालबालिकाहरुको लागि नैतिक शिक्षा, किसोरकिशोरि आध्यात्मिक सशक्तीकरण कार्यक्रम, युवाहरुका लागि जीवन उपयोगि अध्यन कक्षा र धार्मिक सहिष्णुतताको लागि भक्तिभाव कार्यक्रम सेवा रुपमा गर्दै आईरहेको बताउनु पनि जानकारी गराउनुभयो।
जानकारी रहोस् बहाई धर्मावलम्बीहरुले असल र समुन्नत समुदाय निर्माणको लागि समुदायमा महत्त्वपूर्ण रचनात्मक कार्यहरु गरि सेवा कार्य गरिरहेका छ।
कमेन्ट गर्नुहोस्