Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

बागिश्वरी माविकाे ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

IMG
लाल बहादुर एस.के.
पुनर्वास
कञ्चनपुरकाे पुनर्वास ८ क गाउँमा रहेकाे बागिश्वरी माविकाे ५१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस साेमवार सम्पन्न भएकाे छ ।
           
कार्यक्रममा बाेल्दै नगरप्रमुख ताेयप्रसाद शर्माले स्थापना काल देखि आज सम्म विद्यालयले धेरै प्रगति गरेकाेमा प्रशंसा गरेका छन । विगतमा २८ लाख घाटामा गएकाे विद्यालयकाे प्रशासनिक सुधार पछि अहिले मुनाफामा गएर भाैतिक विकास गरिसकेकाे बताए । विद्यालयले खेलकुद बिकासमा समेत धेरै प्रगति गरेकाे छ । खेल सँगसँगै  बालबालिकालाई अनुशासित बनाउन जरुरी रहेकाे बताए । विद्यार्थी सँख्या अनुसार सरकारले शिक्षक दरबन्दी पनि बढाउनु पर्ने नगरप्रमुख शर्माले बताए ।
         
त्यसैगरी कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख भुलिया कुमारी रानाले जिल्लामै विद्यालयकाे नाम चिनाउन सफल भएकाेमा धन्यवाद प्रकट गरीन । विद्यार्थी मिहेनती र अनुशासित भएकाे बताईन । पढाई बाहेक अन्य क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउनु पर्नेमा जाेड दिईन । यस क्षेत्रमा थुप्रै बालबालिका दुर्व्यसनीमा फसेका छन । तिनिलाइ नियन्त्रण गर्न जरुरी रहेको समेत बताईन । पुरस्कारले विद्यार्थीलाइ प्राेत्साहन मिलेकाे छ । पढाई सँगसँगै अनुशानलाई पनि अनुसरण गर्न जरुरी रहेकाे उप-प्रमुख भुलिया कुमारी रानाले बताईन ।