Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

पुनर्वास उद्याेग बाणिज्य संघको अध्यक्षका लागि रायमाझी र बिष्टकाे दाबी

IMG
लाल बहादुर एस के 
पुनर्वास 
उद्याेग बाणिज्य संघ पुनर्वास शाखाको चाैंथाे अधिबेशन बुधबार सम्पन्न भएको छ । कार्य समिति चयनमा सहमति नजुटे पछि अध्यक्ष पदका लागि राजकुमार रायमाझी र भरत बिष्ट कसरतमा छन ।
     
राज कुमार रायमाझी पनि संस्थालाई स्थापित गर्न आफ्नाे अहम भुमिका रहेकाे बताउनु हुन्छ । साना ठुला व्यापारीकाे पिडालाइ आफुले भाेगेकाले व्यापारीकाे हितमा काम गर्ने बताउनु हुन्छ । रायमाझी वर्तमान समितिकाे बरिष्ठ उपाध्यक्ष पदमा रहि सक्रिय रुपमा काम गर्दै आईरहेका छन। पुनर्वासमा उद्याेग बाणिज्य संघकाे स्थापन गर्न आफुले निकै संघर्ष गरेकाे उनी बताउछन ।

त्यसैगरी अध्यक्षमा भरत बिष्टकाे पनि दाबि रहेको छ । उद्याेगी ब्यवसायीकाे हक हितमा काम गर्न र संस्थालाई चुस्त दुरुस्त बनाउन अध्यक्ष पदमा आफ्नाे दाबी रहेकाे भरत बिष्ट बताउनु हुन्छ । सिमा क्षेत्रमा हुने तस्करीका कारण पुनर्वासका व्यापारी धारासायी बन्दै गएकाले यसलाई नियन्त्रण गर्ने आफ्नाे मुख्य याेजना रहेकाे बिष्ट बताउछन । सामाजिक काममा लागि रहने बिष्ट ईटा ब्यवसाय पनि गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्