Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

अलंकार पब्लिक स्कुलको १३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिका –८, क–गाउँमा अवस्थित श्री अलंकार पब्लिक स्कुलको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

आईतबार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा विविध कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको हो । प्रमुख अतिथी शर्माले पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

बिद्यालयका अध्यक्ष चक्रप्रसाद ओझाका सभाध्यक्ष तथा पुनर्वास नगरपालिका –८ का वडाध्यक्ष राना श्रवणको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको अतिथीमा विभिन्न व्यक्तित्वहरु आसिन रहनुभएको थियो ।

कार्यक्रममा बोल्नुहँदै प्रमुख अतिथी नगर प्रमुख तोयाप्रसाद शर्माले छोटो समयमा बिधालयको प्रगती उन्नती धेरै भएको बताउनुभयो । उहाँले निजि बिधालयलहरुलाई नाफामुखीका रुपमा हेर्ने गरेपनि गुणस्तरीय शिक्षाको पाटोलाई नर्बिसन बिधालय प्रशासनलाई अनुरोध गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीको आसनबाट वडाध्यक्ष रानाले बिधार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई अतिरिक्त क्रियाकलापहरुमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

बिधालयका प्रिन्सिपल पुष्पराज ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा बिद्यालयकी शिक्षिका कोपिला अमगाईले स्वागत मन्तव्य राख्नुभएको थियो, भने कार्यक्रमलाई सञ्चालन शिक्षक बलबहादुर बि.क.ले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्