Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

पुनर्वासमा कार्यालय सहयोगीलाई ठक्कर दिने ट्रेक्टर प्रहरी नियन्त्रणमा

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
पुनर्वास 
पौष १३ गते मोटरसाइकल दुर्घटनाबाट मृत अवस्थामा फेला परेका कार्यालय सहयोगी दिपक बहादुर श्रीमाललाई ठक्कर दिने ट्रेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साझ नै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले दुर्घटनामा संलग्न भे.१ त. ३२४३ नम्बरको ट्रेक्टर सहित चालकलाई नियन्त्रणमा लिई बिहिबार पिडित समक्ष सार्वजनिक गरेको हो ।

ट्रेक्टर पुनर्वास नगरपालिका-७ का २९ वर्षीय विजय सिंह रानाले चलाएको र अहिले चालक र ट्रेक्टर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

पुनर्वास नगरपालिका-६ टाउन बजार नजिकै मुख्य सडक किनारामा रोकेर राखेको ट्रेक्टर सहितको ट्रालीमा ठोक्किएर मृत्यु भएको  प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक नरेश राज मल्लले बताए।

मोटरसाइकल दुर्घटना पछि ट्रेक्टर घटनास्थलबाट पुनर्वास नगरपालिका-७ पराशनमा लुकाएको र प्रहरीको अनुसन्धान पछि नियन्त्रणमा लिएको प्रहरीबाट बुझिएको छ ।

नियम विपरीत ट्रेक्टर सडक किनारामा राख्ने र दुई भन्दा बढि ट्राली जोडेका कारण पनि वर्षेनी ट्रेक्टरका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको  स्थानीयहरुको भनाई छ ।

अबका दिनहरुमा  यस्ता घटनाहरुलाई रोक्नका लागि सवारी धनी तथा चालकहरुलाई नियमन निकायहरुले सचेत गराउनुपर्ने आवश्यक रहेको स्थानीयहरुले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्