Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

तटबन्ध विवाद:- नेपाल र भारत सरकारलाई नेविसंघको ज्ञापन

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
दार्चुला
भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धबारे नेपाल विद्यार्थी संघले नेपाल र भारत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

मंगलबार नेविसंघ दार्चुलाका उपाध्यक्ष दिपक खातीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार काठमाण्डौँ र भारतको पिथौरागढ जिल्लाका उपजिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको हो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ – ‘भाद्र महिनामा आएको बाढीले नेपाल तर्फ थप क्षति भएको अवस्थामा भारत सरकारले सीमा नदीमा तटबन्ध निर्माण गर्दा पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताहरुको उलंघन गरी पुरानो तटबन्ध भन्दा करिब १० मिटर नदीतर्फ आएर नदीको धार परिवर्तन हुनेगरी निर्माण गरिरहेको तटबन्ध प्रति गम्भीर ध्यानाकर्षण र आक्रोस उत्पन्न भएको छ । भारतले कृतिम रुपमा नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धका कारण भविष्यमा महाकाली नदीको बहावमा असर पर्न गइ नेपालतर्फ ठूलो क्षति हुन सक्ने भएकाले नदी किनारमा कुनै संरचना निर्माण गर्दा नेपाल र भारतको आपसी सहमति निर्माण गर्न माग गर्दछौ ।’ नेविसंघले नेपाललाई क्षति पुगाउने उदेश्यले निर्माण भइरहेको तटबन्धको निर्माण कार्य तत्काल रोक्न माग गरेको छ । 

यसैबीच भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोक्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले समेत ज्ञापन बुझाएको छ । पार्टीका जिल्ला सचिव लोकेश र विद्यार्थी संगठनका अध्यक्ष भुवन जोशीले जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्