Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई पुनर्वास उद्याेग वाणिज्य सँघ द्वारा बधाई ज्ञापन

IMG
लाल बहादुर एस.के.
पुनर्वास 
नवनिर्वाचित कञ्चनपुर १ का प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई पुनर्वास उद्याेग वाणिज्य संघले सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेकाे छ ।
       
शनिवार पुनर्वास उद्याेग वाणिज्यकाे सभाहलमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य विर बहादुर थापा र दिवान सिँह बिष्टलाई बधाई ज्ञापन गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै तारालामा तामाङ्गले निर्वाचन क्षेत्र नं. १ काे समग्र विकासका लागि मिलेर जानुकाे विकल्प नरहेकाे बताउनु भयाे । आफुहरु निर्वाचित संसद भएकाले अब पार्टि बिषेशकाे नभई साझा प्रतिनिधि भएकाे तामाङ्गले बताउनु भयाे । पुनर्वास नगरपालिका सुदूरपश्चिम प्रदेशकाे राजधानिसँग जाेडिएकाे हुनाले पुनर्वासलाई पर्यटकिय गन्तब्यकाे रुपमा स्थापना गरिने उहाँले बताउनु भयाे ।
         
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य विर बहादुर थापाले लालझाडी र पुनर्वासका जनताका लागि भाैतिक तथा सामाजिक विकास आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयाे । आफ्नाे कार्यकालमा आफ्नाे क्षेत्रमा आमुल परिवर्तन गरेर छाड्ने बताउनु भयाे । 

त्यसैगरी कार्यक्रममा बाेल्दै अर्का प्रदेश सभा सदस्य दिवान सिँह बिष्टले बेलाैरीलाई स्मार्ट सिटीकाे रुपमा स्थापना गर्न आफ्नाे पहल रहने बताउनु भयाे । बेलाैरी र बेल्डाँडीका जनताले प्रत्यक्ष लाभ पाउने गरी विकासका याेजना ल्याउने दिवान सिँह बिष्टले बताउनु भयाे । बेलाैरीको छाेटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउने र सिमा क्षेत्रमा हुने आपराधिक गतिबिधि न्युनिकरण गर्न आफु लागिरहेकाे जानकारी गराउनु भयाे । स्थानियलाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन विद्युतिय सिँचाई, कृषि औजार, निशुल्क बिऊबिजन तथा प्राबिधिक सहयाेग गरिने प्रदेश संसद दिवान सिँह बिष्टले प्रतिबद्धता जनाउनु भयाे ।

कमेन्ट गर्नुहोस्