Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित !

IMG
लालबहादुर एस के
पुनर्वास 
पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको श्री विजय माध्यमिक विद्यालय बुथ केन्द्रमा फर्जी मत खसेको विवाद उत्पन्न भएपछी चुनाव स्थगित भएको छ।   

बिहान करिव ११ बजे तिर मृत्यु भैसकेका ब्यक्तिको नाममा पनि मत हालेको र सिमापारीबाट फर्जी मतदाता ल्याएर मत खसाएको भन्दै विवाद उत्पन्न भएको थियो। विवाद पछि निर्वाचन रोकिएको थियो। रोकिएको निर्वाचन सुरु गर्न बसेको निर्वाचन आयोग र सर्वदलीय बैठकले लामो प्रयास गरेर समझदारी कायम गर्न प्रयास गरेको थियो । यधपी विवाद कायमै रहेपछि अन्तिममा साझ ५ बजे हाललाई अर्को निर्णय नभए सम्म निर्वाचन स्थगित गर्ने निर्णय गरेको निर्वाचन अधिकृत किरण जोशिले बताए।   

अब अर्को निर्णय नभए सम्म निर्वाचन स्थगित हुनेछ। अर्को निर्णय कहिले हुन्छ भनि सोद्दा अहिले यति नै गते हुन्छ भनी भन्न नसकिने निर्बाचित अधिकृत जोशिले बताए।   

बिहान ७ बजे बाट शुरु भएको निर्वाचनमा ८०१ मत खसिसकेको थियो। जम्मा ३०१५ मतदाता रहेको उक्त वडामा करिब २६.५७% मत खसी सक्दा बिबाद उत्पन्न भएको थियो। 

कमेन्ट गर्नुहोस्