लालबहादुर एस के
पुनर्वास
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता प्रकाश बडायक यतीबेला बेलौरी नगर पालिका ६ का वडाध्यक्षको दौडमा रहेका छन । यस अघि ०७४ सालको निर्वाचनमा बडायक वडा अध्यक्षमा भारी मतले निर्वाचित भएका थिए।
०४९ सालमा राना थारु समुदायको नै माओवादी निकट थारु संगठनबाट राजनीतिक यात्रा तय गरेका बडायकले झण्डै दुई दशकदेखि राजनीति, समाजिक क्षेत्रमा जोडिएका बडायकले वडा अध्यक्ष हुँदा अघि बढाएका योजना पुरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए। 'मैले यस अघि वडा अध्यक्ष भएर अघि बढाएका योजना पुरा गर्छु, उनले भने, 'केही अधुरा छन, तिनीहरुलाई पुरा गर्ने छु ।'
बडायकले वडाको विकास र व्यवस्थित बजार बनाउने योजना अघि सारेका छन । बडायकले बजार क्षेत्रलाई सुन्दर शान्त बनाउने बताए ।
सार्वजनिक जमिन संरक्षण गर्ने, बजार व्यवस्थापन गर्ने, फोहोर व्यवस्थापन गर्ने, अतिक्रमण खोला नाला हटाउने •जस्ता कार्य गरेर वडालाई सुन्दर शान्ति हराभरा बनाउने आफने चाहना रहेको बडायकले बताए गरेको छ, 'उनले भने, 'वडाको शैक्षिक विकास पनि गर्छ।' आफ्ना चुनावी एजेण्डा लगेर जनताको घरदैलोमा गईरहेको बताउँदै उनले जनसर्मथन पाईरहेको बताए ।
वडाध्यक्षको उम्मेदवार बनेको उनको भनाई छ । राजनीति संगै सामाजिक कार्यमा समेत उनको बढी रुची रहेको समेत बताए
युवाहरुलाई खेल प्रती प्रोत्साहन गर्न खेल सामाग्री बितरण गर्ने वड स्तर र नगर स्तरमा विभिन्न बिधाका खेल आयोज गर्ने, कृषि मलको अभाव हुन नदिन बिशेष कृषि कार्यक्रम सन्चालन, स्थानीय सरकार र जनप्रतिनिधि बाट दिइने सेवाहरु सजिलो, सहज, निस्पक्ष र निस्वार्थ तवर ले सेवा र जनताको सेवामा 24 सै घन्टा तयार रहने प्रतिबद्धता का साथै सबै जाती धर्म, बर्ग को सम्मान सहित वडाको हरेक कुना कन्दरामा रहेका जनतलाइ बिकास को आभास हुने गरि बिकासको कार्यक्रम तयार गर्ने ।
कमेन्ट गर्नुहोस्