सुरत सुनार
अछाम
बाजुराका पत्रकार शेरबहादुर सार्की सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट पत्रकारमा पुरस्कृत हुनु भएको छ ।
उहाँले २०६५ साल देखि जिल्लामा पत्रकारी क्षेत्रमा प्रवेश गरेसँगै महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएको थियो । २०७९ वैशाख २४ गतेका दिन गोरखापत्र संस्थानले आफ्नो १२२ औं स्थापना दिवसको अवसरमा उहाँलाई सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट पत्रकारमा पुरस्कृत गरेको हो ।
२०६५ सालबाट बाजुरामा पत्रकारीता क्षेत्रमा राम्रो काम गर्दै आउनु भएका पत्रकार सार्की गोरखापत्र राष्ट्रिय दैनिकमा २०७५ सालबाट बाजुरा साचारदाताको रुपमा काम गर्दै आउनु भएको छ । सुदूरपश्चिम खवरका प्रधान सम्पादक समेत रहेका सार्कीले २०६५ साल देखि जिल्लामा रहेका स्थानीय पत्रपत्रिका, रेडियो एफएम लगायतका दर्जनौ मिडियामा काम गर्दै आउनु भएको थियो ।
सुचनाको हक सहायत केन्द्र बाजुराका अध्यक्ष समेत रहेका सार्की सुदूरपश्चिमका विभिन्न जिल्लामा सुचनाको हक बारेमा जनतालाई जानकारी गर्दै आउनु भएको छ । सुचनाको हकको क्षेत्रमा राम्रो काम गरेको भन्दै पत्रकार सार्कीलाई राष्ट्रिय सुचना आयोगले २०७३ सालमा तीस हजार नगद सहित सम्मानित गरेको थियो । समाजमा भएका विभिन्न कुसंस्कार कुरीतिको विरुद्धमा किन कलम चलाएको भन्दै राम्रो समाजको परिकल्पना गर्न नसक्नेहरुले सार्कीलाई कयौ पटक गाली बेइजती तथा ज्यान मार्ने धम्की समेत दिएका थिए । समाजमा शुसासन ल्याउने समृद्ध समाजको परिकल्पना गर्ने संकल्पका साथ पत्रकारीता क्षेत्रमा लागेका सार्कीले त्यो धम्कीको वास्ता नगरेर आफ्नो कलम निरन्तर रुपमा चलाउँदै आउनु भएको छ ।
सत्य तथा निडर रुपमा पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आएका सार्की यो भन्दा पहिला पनि विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयबाट पनि पुरस्कृत हुनु भएको थियो ।
कमेन्ट गर्नुहोस्