Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

डुबान क्षेत्रमा बसाेबास गर्ने जनताका लागि उचित बासस्थानकाे ब्यवस्थापन गरिने, - नवराज शाही

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
बेलाैरी
नेकपा एमालेबाट बेलाैरी नगरपालिका वार्ड नं. १ मा अध्यक्षका उम्मेदवार नवराज शाहीले किसानलाई सर्बसुलभ तरिकाले मलखाद उपलब्ध गराईने बताएका  छन ।
                
नवराज शाहीले समृद्ध वडा बनाउने अाफ्नाे मुख्य एजेन्डा रहेकाे बताउँछन् । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सम्पूर्ण खर्चकाे ब्यवस्थापन वडाले गर्ने, वडामा सुबिधा सम्पन्न स्वास्थ्य संस्थाकाे स्थापना गर्ने, खेलकुद बिकासका लागि निशुल्क प्रशिक्षण तथा प्रशिक्षककाे ब्यवस्था गरिने, कृषी क्षेत्रमा किसानलाई प्राेत्साहन गर्न विद्युतिय सिँचाईका लागि माेटर निशुल्क उपलब्ध गरिने, प्राबिधिक तालिम तथा बिउबिजन उपलब्ध गराईने, उत्कृष्ट किसानलाइ पुरस्कृत गरिने याेजना रहेकाे जानकारी गराउनु भयो ।
           
त्यसै गरि बेलाैरी नगरपालिका भित्र रहेकाे बन्धाताललाई पर्यटकिय गन्तब्यकाे रुपमा स्थापना गर्ने, धार्मिक क्षेत्रकाे प्रबर्धनका साथै सुधारका लागि बजेट बिनियाेजन गरिने, डुबान क्षेत्रमा बसाेबास गर्ने जनताका लागि उचित बासस्थानकाे ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका छन। अहिले उनी मतदाताकाे मन जित्न घरदैलाे कार्यक्रमलाई सक्रिय भएर लागेका छन ।

कमेन्ट गर्नुहोस्