Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित

IMG
सुदुरपश्चिम खबर सम्बाददाता 
कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह 
तथा उप प्रमुख पदकी उम्मेदवार आरती कुर्मी बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरि रहेका छन् l

कृष्णनगर नगरपालिकाका विभिन्न वडाका कांग्रेस पार्टीबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा वडा सदस्य लगायत नेपाली कांग्रेस पार्टी समर्थक नेता तथा जनताका साथ घरदैलो अभियानमा समावेश रहि जनतासंग भोट माग्न व्यस्त रहेका छन् l

कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा आफ्नो मन्तव्य राख्दै मेयर उम्मेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका हुन l

नि वर्तमान नगर प्रमुख रजत प्रताप शाह कृष्णनगरको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदातासंग आग्रह गरेका हुन l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । उक्त घरदैलो कार्यक्रममा संघीय सांसद अभिषेक प्रताप शाह, नेपाली कांग्रेसका नेता अकिल मियाँ लगायत बहुसंख्यक समर्थकहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्