शेरबहादुर सार्की
बाजुरा, वैशाख २४ गते
जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीका लागि निर्वाचन
सम्बन्धी एक दिने तालिम सम्मपन्न भएको छ ।
जिल्लाका ७० वटा मतदान केन्द्र र ११२ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत, ११२ सहायक मतदान अधिकृत, ११२ सहायक कर्मचारी, २२२ सहायक कर्मचारी, ११२ सहयोगी कर्मचारीलाई निर्वाचन सम्बन्धी आवश्यक तालिम दिइएको हो । जिल्ला भर खट्ने निर्वाचन अधिकृत र साहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार गरी दुइ चरणमा तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
तालिममा मुख्य निर्वाचन अधिकृत माधब घिमिरे, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक चतुर्भुज ओझा, पालिकामा खटिनु भएका निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थी लगायतले सहजीकरण गर्नु भएको थियो । शुक्रबारका दिनमा पाँच र शनीबार ४ वटा पालिकामा खटिने ५५८ कर्मचारीहरुको सहभागितामा सो तालिम दिइएको थियो ।
तालिम पश्चात निर्वाचन सम्बन्धी सामग्री बुझेर मतदान अधिकृत र साहायक मतदान अधिकृत वैशाख २७ गते बिहान सम्ममा सम्बन्धित निर्वाचन स्थल सम्म पुग्न पर्ने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका नौ वटै मतदान स्थल र मतदान केन्द्रमा गएर सुव्यवस्थित तरिकारले निर्वाचन सम्पन्न गर्ने गरी कर्मचारीलाई सो तालमि दिएको हो ।”
बाजुरामा ७० मतदान स्थल र ११२ मतदान केन्द्र रहेका छन् । बाजुरामा महिला चालिस हजार ५३७ र पुरुष बयालिस हजार २५१ र अन्य २ जना गरी बयासी हजार ६९० जना मतदाता रहेका छन् । गौमुलमा मतदान स्थल सङ्ख्या ६ मतदान केन्द्र सङ्ख्या ८ रहेको छ । भने त्यसमा ६४ जना कर्मचारी खटाउने भएको छ । गौमुलमा मतदाता सख्या पुरुष ३१०५ महिला २९४१ गरी ६०४६ रहेको छ । खप्तड छेडेदह गाउँपालिमा मतदान सङ्ख्या ७ मतादान केन्द्र सङ्ख्या १५ मा १२० कर्मचारी खटाइने भएको छ । यस गाउँ पालिमामा चाँर हजार ८६८ महिला छ हजार २७ पुरुष गरी एघार हजार ८९५ मतदाता रहेका छन् । त्यसै गरी त्रिवेणी नगरपालिकामा मतदान स्थल सङ्ख्या ९ मतादान केन्द्र सङ्ख्या १६ मा १२८ कर्मचारी खटाइने भएको छ । यस गाउँ पालिमामा चाँर हजार ८५१ महिला पाँच हजार ६६० पुरुष गरी एघार हजार ५११ मतदाता रहेका छन् । जगनाथ गाउँपालिकामा मतदान स्थल सङ्ख्या ६ मतदान केन्द्र सङ्ख्या ७ मा ५६ कर्मचारी खटाइने भएको छ । यस गाउँ पालिमामा दुइ हजार ६१२ महिला, दुइ हजार ८६५ पुरुष गरी पाँच हजार ४७७ मतदाता रहेका छन् । बडिमालिका नगरपालिकामा मतदान स्थल सङ्ख्या ९, मतदान केन्द्र सङ्ख्या १४ मा कर्मचारी ११२ खटाइने भएको छ । यस गाउँपालिमामा चार हजार ८३५ महिला र चार हजार ८९९ पुरुष १ जना अन्य गरी नौ हजार ७३५ जना मतदाता रहेका छन् । बूढीगंङ्गा नगरपालिकामा मतदान स्थल सङ्ख्या १०, मतदान केन्द्र सङ्ख्या १९ मा कर्मचारी १५२ खटाइने भएको छ । यस गाउँपालिमामा छ हजार ९५६ महिला र छ हजार ६९९ पुरुष १ जना अन्य गरी तेह्र हजार ६५६ जना मतदाता रहेका छन् । बुढीनन्दा नगरपालिकामा मतदान स्थल सङ्ख्या १०, मतदान केन्द्र सङ्ख्या १४ मा कर्मचारी ११२ खटाइने भएको छ । यस गाउँपालिमामा पाँच हजार २०२ महिला र पाँच हजार ६७० पुरुष गरी दश हजार ८७२ जना मतदाता रहेका छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा मतदान स्थल सङ्ख्या ५, मतदान केन्द्र सङ्ख्या ९ मा कर्मचारी ७२ खटाइने भएको छ । यस गाउँपालिमामा तीन हजार ४२२ महिला र चार हजार ५ पुरुष गरी सात हजार ४२७ जना मतदाता रहेका छन् । हिमाली गाउँपालिकामा मतदान स्थल सङ्ख्या ८, मतदान केन्द्र सङ्ख्या १० मा कर्मचारी ७८ खटाइने भएको छ । यस गाउँपालिमामा दुइ हजार ८५० महिला र तीन हजार २२१ पुरुष गरी छ हजार ७१ जना मतदाता रहेका छन् ।
मतदान अधिकृत सहायक मतदान अधिकृत सहयोगी कर्मचारी ५५८ जना र स्वयंसेवक ३३६ गरी ८९४ जना स्थानीय चुनाबमा खटिने जिल्ला निर्वाचन कार्यालय बाजुरामा प्रमुख अवस्थीले बताउनुभयो ।
क्याप्सन:- जिल्ला निर्वाचन कार्यालय बाजुरका प्रमुख नवराज अवस्थी निर्वाचन अधिकृतलाई
प्रशिक्षण गर्दै । तस्बिर:- शेरबहादुर सार्की/बाजुरा
कमेन्ट गर्नुहोस्