Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा

IMG
डम्मर बि.क.
पुनर्वास
स्थानिय निर्वाचन २०७९ का लागि कञ्चनपुरकाे बेलौरी नगरपालिका वडा न ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षमा रामेश्वर न्यौपानेकाे उम्मेद्वारी रहेको छ । निर्वाचनका लागि उम्मेद्वार न्यौपानेले बेलौरी नगरपालिकाको वडा न ४ को समग्र विकासका लागि बिभिन्न याेजनासहित चुनावी प्रचार प्रसारमा लागेका छन ।

बेलौरी नगरपालिका वडा न ४ काे समग्र विकासका लागि आफ्नाे उम्मेदवारी रहेकाे उनी बताउछन । वडाकाे विकासका लागि आफुसँग ब्यवहारिक याेजना रहेकाे बताउँदै उनले अागामी पाँच बर्षमा वडाकाे मुहारनै फेर्ने बताउछन । बिभिन्न सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएका न्यौपाने वडा न ४ लाई कंचनपुरको नै नमुना वडा बनाउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिनु भएको हो ।

के छन त न्यौपानेले ल्याउनु भएको प्रतिबद्धता पत्रमा -

समय सुहाउँदो प्रतिस्प्रधी शिक्षा सुधार कार्यक्रम गरिने, सामुदायिक बिद्यालयमा १ देखि १२ सम्मको शिक्षा निशुल्क गरिने, निशुल्क स्वास्थ्य बिमा, स्वरोजगारका लागि विभिन्न किसिमका कार्यक्रम गरिने, कृषिमा आधुनिकीकरण गरि कृषि उपज भण्डारण, बजार ब्यबस्थापन गरिने, बेलौरी नगरपालिकाको वडा न ४ लाई स्मार्ट सिटि बनाइने, सार्वजनिक स्थानमा निशुल्क ईन्टरनेटको ब्यवस्था गरिने, वडाका सम्पुर्ण सडकलाई कालोपत्रे बनाइने, हाम्रो परिवार कार्यक्रम अन्तर्गत सीपयुक्त जनशक्ति तयार गरिने, पर्यटन बिकासका लागि दिगो पर्यटन प्रवद्न कार्यक्रम लागु गरिने, स्थानिय कला तथा सस्कृती संरक्षणका लागि बिशेष कार्यक्रम गरिने, समता मुलक समाज निर्माणका लागि वडा बाट बिशेष पहल गरिने, युवा, बालबालिका, महिला, वृद्ध, असहायका लागि जीवनस्तर सुधारका लागि बिशेष कार्यक्रम गरिने लगायतका याेजना रहेकाे बताउछन ।

वडा अध्यक्षमा आफु निर्वाचित भईसके पछि प्रतिबद्धता गरेका याेजना कार्यान्वयनका लागि आफु कहिल्यै पछि नहट्ने न्यौपानेकाे भनाई रहेकाे छ । बेलौरी नगरपालिका वडा न ४ को समग्र बिकासका लागि गोलाकार भित्रको हसिया हतौडामा भाेट दिई म लगाएत मेरो सम्पुर्ण टिमलाइ विजयी बनाईदिनु हुन आम मतदातालाई अनुराेध समेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्