Trending Now: पुनर्वास १० मा गठबन्धनको तर्फबाट एकीकृत माओवादीका सुक देव राना दोस्रो कार्यकालका लागि निर्वाचित पुनर्वासको १० नम्बर वडामा चुनाव स्थगित ! अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक अधुरा योजना पुरा गर्छु : बेलौरी ६ का वडाध्यक्षका उम्मेदवार प्रकाश बडायक महिला, बालवालिका, दलित, गरिब, अपाङ्ग र असाहयहरुको हक अधिकारको क्षेत्रमा कलम चलाउँदै आउनु भएका शेरबहादुर सार्की पुरस्कृत मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो कार्यक्रम, जनता उत्साहित अधिकृतलाई निर्वाचन सम्बन्धीत् तालिम सम्पन्न बेलौरी नगरपालिका वडा न ४ मा माओवादी केन्द्रका रामेश्वर न्यौपानेलाई नै किन भोट दिने? यस्ता छन न्यौपानेका चुनावी एजेण्डा कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाम चर्चामा रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

रा.प्र.का मनोज सापकोटा लाई नै किन भोट दिने? यस्ता छन सापकोटाका चुनावी एजेण्डा

IMG
डम्मर बि.क.
पुनर्वास
स्थानिय निर्वाचन २०७९ का लागि कञ्चनपुरकाे पुनर्वास नगरपालिका वडा न ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट वडा अध्यक्षमा मनोज सापकोटाकाे उम्मेद्वार रहेका छन। निर्वाचनका लागि उम्मेद्वार सापकोटाले पुनर्वासको वडा न ४ को विकासका लागि बिभिन्न याेजनासहित चुनावी प्रचार प्रसारमा लागेका छन ।

पुनर्वास नगरपालिकाको वडा न ३ मै ब्यापारका साथ साथै समाजसेवा गर्दै आएका छन। बिभिन्न सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएका सापकोटा लामाे समय देखि सक्रिय राजनितिमा लागेका ब्यक्ति हुन । 

पुनर्वास नगरपालिका वडा न ४ का जो न्युनतम मासिक विद्युत खपत गर्ने ग्राहकले विद्युत महसुल तिर्नु नपर्ने उक्त महशुल बाफतको शुल्क आफुले प्राप्त गर्ने सेवा सुबिधा बाट तिरि दिने, सडक बत्ती एवं विद्युत प्रशारण लाई निरन्तरता दिने, ग्रामीण भेगमा रहेका सम्पुर्ण बाटोको स्तरोन्नति गर्ने, मुख्य सडकलाइ पुर्ण रुपमा कालो पत्रे गर्ने, सिचाइ सुबिधा नपुगेको खेतीयोग्री जमिनमा सिचाइ सुबिधाका लागि विशेष पहल गर्ने, बिरामी,गर्भवती सुत्केरी एवं असक्तहरुलाइ अस्पताल सम्म पुग्नका लागि निशुल्क एम्बुलेन्सको ब्यबस्था गर्ने, आधुनिक कृषि प्रणाली एवं कृषि उत्पादनमा जोड दिने, अनुदानका मल खाद, बीउ बिजन सहकारी मार्फत कृषक समुहलाइ अनुदान सहित उपलब्ध गराउन पहल गर्ने, जेष्ठ नागरिक र फरक क्षेमता भएका नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने, हरेक ३ महिनाको अन्तरालमा सर्वजनिक सुनुवाइ कार्यक्रम गर्ने, सुकुम्बासी, भुमिहिन लाई जग्गा धनी प्रमाण पुर्जाका लागि सम्बन्धित निकायमा पहल गर्ने, विभिन्न किसिमका सिपमुलक तालिम संचालन गर्ने, गाउँ घर स्वास्थ्य किलिनिक, बर्थीङ सेन्टर र खोप केन्द्रको स्तरोन्नति गर्ने, बर्षको कम्तिमा पनि २ चोटि निशुल्क विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सिबिर संचालन गर्ने, सामुदायिक पुस्तकालय स्थापना गर्ने, वडा भित्रका सम्पुर्ण टोलमा र चोक चोकमा सर्वजनिक सुचना पार्टी स्थापना गर्ने, सामुदायिक जङ्गलको संरक्षण गर्नका लागि बृक्षारोपण गर्ने, संचालित रहेको समशान घाटमा टिनको टहरो र खाने पानीको ब्यबस्था गर्ने लगायतका याेजना रहेकाे बताउछन ।

वडा अध्यक्षमा आफु निर्वाचित भईसके पछि प्रतिबद्धता गरेका याेजना कार्यान्वयनका लागि आफु कहिल्यै पछि नहट्ने सापकोटाकाे भनाई रहेकाे छ । पुनर्वास नगरपालिका वडा न ४ को समग्र बिकासका लागि हलोमा भाेट दिई हाम्रो टिमलाइ नै विजयी बनाईदिनु हुन आम मतदातालाई अनुराेध समेत गर्नु भएको छ ।


कमेन्ट गर्नुहोस्