शेरबहादुर सार्की
कैलाली, वैशाख ९ गते
सुदूरपश्चिमका अधिकाशं युवाहरु कामको खोजीमा देश तथा विदेशमा भौतारिने गरेका छन् ।
उनीहरुसँग गाउँमा कमाइ खाने प्रयाप्त जग्गा जमिन भएपनि त्यसलाई उपभोग गर्नु छोडेर भारतका विभिन्न ठाउँमा कामको खोजीमा भौतारिदै आएका छन् । सुदूरपश्चिमका बाजुरा, बझाग, डोटी, डँडेल्धुरा, बैतडी, दाुर्चला, कैलाली र कञ्चनपुरका अधिकाशं युवा कामको खोजीका लागि अहिले पनि विभिन्न देशमा जाने गरेका छन् । गाउँमा कमाइ खाने राम्रो जग्गा जमिन भएपनि उनीहरु त्यसमा मेहनेती नगर्ने र विदेशकै रमझममा रमाउने गर्दै आउने गरेका छन् । पछिल्लो समयमा विदेशमा गएर पनि काम नपाइ दुख कष्ट भोगेका कतीपय युवाले अहिले सम्म गाउँमै राम्रो कृषि कर्म गर्दै आएका छन् ।