शेरबहादुर सार्की
बाजुरा, चैत १५ गते
बाजुराको कनर्सन बस्दै आएका अनाथ बालवालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
गत सोमबार गुडनेर्वस इन्टरनेस्नल नेपालले आफ्नो स्थापना दिवसमा बूढीगङ्गा नगरपालिका वडा न २ मा रहेको कनर्सन बाजुरामा बस्दै गरेका अनाथ बालवालिकाहरुलाई सो सामाग्री वितरण गरेको हो । अनाथ बालवालिकाहरुको पढाइमा सहज होस भन्दै सो संस्थाले आफ्नो स्थापना दिवसमा ८ प्याकेट डटपेन ११ पीस जियोमेटिक बक्स ८ दर्जन पेन्सिल ७ पकेट इरेजर ६ प्याकेट सार्पनर वितरण गरेको गुडनेवर्स ईन्टरनेसनल नेपालका सुपरभाइजर गोविन्द्र चौधरीले बताउनुभयो । उहाले भन्नुभयो, “सस्थाको स्थापना दिवसमा कनर्सनमा रहेका बालवालिकाहरुको पढाइमा सहयोग मिल्ने गरी सो सामाग्री वितरण गरेको हो ।
जिल्लाको एक मात्र अनाथालयको रुपमा रहेको यो कनर्सन बाजुरामा अहिले झण्डै १३ जना बालवालिका बस्दै आएका छन् । अनाथ बालवालिकाहरुको पढाइमा सहज हुने गरी विभिन्न संस्थाहरुले नुन तेल चामल लगायतका खाद्यानसँगै लत्ता कपाड र स्टेशनरी सामाग्री सहयोग गर्दै आएका छन् ।
गुडनेर्वस इन्टरनेस्नल नेपालले कनर्सन बाजुरामा आएर सो स्टेशनरी सामाग्री वितरण गरेको कनर्सन बाजुराका अध्यक्ष बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्टेशनरी सामाग्रीसँगै चामल ५ कट्टा तेल एक पेटी र दाल पाँच किलो समेत संस्थाले सहयोग गरेको छ ।
क्याप्सन:- गुडनेर्वस इन्टरनेसनल नेपालले अनाथालयका बालवालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै । तस्बिर शेरबहादुर सार्की/बाजुरा
कमेन्ट गर्नुहोस्