लाल बहादुर एस.के.
लालझाडी, चैत १४
"कृषि जैविक विविधता हाम्रो सबै भन्दा पुरानो धन,
यस लाई बचाउनको लागि लगाउ आफ्नो तनमन"
भन्ने मुल नाराका साथ लालझाडीमा तेस्रो खाद्य तथा कृषि जैविक विविधता प्रदर्शनी तथा स्थानीय बीउ साटासाट कार्यक्रम सम्पन्न भएको छ ।
अनमोल सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण रानाकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सरकारका अर्थिक तथा याेजना मन्त्री तारालामा तामाङ हुनुहुन्थ्यो । त्यसैगरी विशिष्ट अतिथिमा दोए ली वर्ड संस्थाका अधिकृत सहदेव के सी र कृषि ज्ञान केन्द्रका दिलबहादुर बिष्ट रहनु भएकाे थियाे । त्यसैगरी अतिथिको आसनमा लालझडी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष फुलाराम चौधरी, गाउँपालिका वडा नम्बर ३ अध्यक्ष, (एन.एन.एस.डब्लु.ए.) संस्थाका धर्म सिङ राना, अध्यक्ष टिकाराम डगौरा, समाजसेवी, बुद्धिजीवी, भलमन्सा, विभिन्न पार्टीका प्रतिनिधिहरु, शिक्षक, खेल क्षेत्रमा आबद्ध रहनु भएका सम्पूर्ण ब्याक्ती, नेतागणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा थारू समुदायकाे साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएकाे थियाे । आफ्नो संस्कृतिलाई कसरी जगेर्ना गर्ने र त्यसको संरचना कसरी गर्ने भन्ने विषयमा समेत समाजसेवी अमर रानाले कार्यक्रमलाई शुभकामना दिनुभएको थियो ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कार्यक्रमका प्रमुख अतिथि तारा लामा तामाङले अनमोल सहकारी संस्थाको बिउबिजन बैंकको लागि भवनको आवश्यकता बारेमा ज्ञान केन्द्रले सिफारिस गरे लगत्तै आफूले आफ्नो तर्फबाट हुने सहयोग पूर्णरूपमा गर्ने बताउनु भयाे । यो क्षेत्रमा बाटाघाटा सम्म आफुले भ्याए सम्म सहयोग गर्नेछु र निर्माणका काममा पूर्ण रुपमा आफ्नो सक्रियता रहनेछ भन्ने समेत कार्यक्रममा बताउनु भयो ।
स्वगत मन्तव अनमोल सहकारी संस्थाका सचिव श्रीकृष्ण रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन अनमोल सहकारी संस्थाका उपाध्यक्ष आशाराम चौधरीले गरेका थिए । कार्यक्रमलाई ली वर्ड बाट एक लाख तिस हजार र अर्का एन.एन.एस.डब्लु.ए.बाट दश हजार रुपैया सहयाेग प्राप्त भएको छ ।