Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

कृष्णनगरका युवा नेता कुलान शाह १४ गते नेकपा एमालेमा प्रवेश गर्ने

IMG
कृष्णनगर, चैत्र १२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह यही चैत्र १४ गते नेकपा (एमाले) मा औपचारिक रूपमा राष्ट्रीय अध्यक्ष के. पि. शर्मा ओलीको हातबाट सदस्यता लिई एमालेमा प्रवेश गर्ने बताएका छन् l

यही चैत्र १४ गते सोमवारका दिन कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा (एमाले) राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली वृहत जनसभालाई सम्बोधन तथा पार्टी प्रवेश गर्ने कार्यक्रममा शाह औपचारिक रूपमा हजारौँ व्यक्तिका साथ नेकपा एमाले मा प्रवेश गर्ने बताए l

कुनाल प्रताप शाहका हजुरबुबा डा. रूद्र प्रताप शाह नेपाली कांग्रेसको संस्थापक सदस्य बनारसमा नेपाली कांग्रेसको गठन हुदाँ देखि नै करिब सात दशक देखि निरन्तर रूपमा पार्टी प्रति समर्पित भै कपिलवस्तुमा नेपाली कांग्रेसको स्तम्भका रूपमा चिनिएका छन् l कुनालका हजुरबुबा पूर्व प्रधानमंत्री स्वर्गीय बिशेश्वर प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमंत्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय शुसील कोइराला लगायतका साथमा नेपाली कांग्रेसको राजनीति गर्दै डा. रूद्र प्रताप शाह प्रजातांत्रिक पन्चायती कालमा राज परिषद सदस्य समेत रहेका र यस क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधिहरूलाई विजयी बनाउन समेत उहाँको भूमिका अविस्मरणिय रहेको स्थानीय जानकरहरू बनाउछन्l  साथै कुनाल प्रताप शाहका बुबा राकेश प्रताप शाह (गुड्डू भैया) नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यका रूपमा योगदान दिदै आएका छन् l  कपिलवस्तु क्षेत्र नं ३ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुनाल प्रताप शाह र उहाँको बुवा, हजुरबुबाले कांग्रेस पार्टी छोड्ने निर्णयले पार्टीलाई धक्का पुग्ने उहाँका समर्थकहरूले बताएका छन् l
 
कुनाल प्रताप शाह बर्षौ देखि जनताका बिचमा पुगि जनताको सुख दुखमा साथ दिदै आएका जनताले पटक पटक मेयर पदको उम्मेदवार हुन दबाव दिदां उहाँ जनताको भावनानुसार नै आफू मेयर पदमा उम्मेदवार हुने बताए l उहाँ केही समय पहिला नेकपा एमालेका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली संग भेटघाट गर्दा ओलीको बिचारबाट प्रेरित भै नेकपा एमाले प्रवेश गर्न लागेको बताए l

शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा निर्विरोध चयन भएकाले सामाजिक रूपमा जनताको मन जित्न सफल रहेको शिक्षा प्रेमीहरूको बुझाई रहेको छ l  शिक्षा, सामाजिक, आर्थिक, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत उहाँको परिवारले दिएको योगदान सरहानीय रहेको देखिन्छl

यस क्षेत्रमा उद्योग स्थापना गराउन शाह परिवारको योगदान रहेको र त्यस्को लाभ स्थानीयहरूले लिइरहेको र सयौँको संख्यामा व्यक्ति लाई रोजगारीको अवसर प्राप्त समेत भएको छl

कमेन्ट गर्नुहोस्