शेरबहादुर सार्की
बाजुरा, चैत १२ गते
बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले आयोजना गरेको शिविरमा विशेषज्ञ डाक्टरद्धारा गाउँमै निशुल्क स्वास्थ्य सेवा लिन पाएपछि त्यहाँका स्थानीयबासी निकै हर्षित बनेका छन् ।
बाजुराकै एक विकट स्थानीय तहको रुपमा चिनिदै आएको हिमाली गाउँपालिकाका स्थानीयलाई पाँच वर्ष भन्दा पहिला सडक, सञ्चार तथा स्वास्थ्य संस्था नुहँदा औषधी उपचार गर्नबाट सधै वञ्चित भएपछि त्यहाँका स्थानीयले लामो समय सम्म विभिन्न किसिमका रोग पालेर बस्दै आउनु परेको थियो । पछिल्लो समयमा हिमाली गाउँपालिकामा सडकको पहुँच भए पछि अहिले त्यहाँका स्थानीयले गाउँमै हरेक प्रकारका स्वास्थ्य सुविधा लिन थालेका छन् ।
हिमाली गाउँपालिकाको आयोजना र जिल्ला अस्पताल बाजुराको प्राविधिक सहयोगमा हिमाली गाउँपालिकाको स्वास्थ्य केन्द्र धुलाचौरमा दुइ दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । गत शुक्रबार सञ्चालन भएको यो दुइ दिने निशुल्क स्वास्थ्य शिविरमा त्यहाँका स्थानीयहरुले आफुमा भएको विभिन्न रोगको निशुल्क उपचार गर्न पाएपछि उनीहरुमा निकै खुःसी छाएको हो ।
हिमाली गाउँपालिकाका –४ का स्थानीय ४९ वर्षीय कर्मकला मल्लले भन्नुभयो, “पेटको रोगी भएको धेरै दिन भयो, घरको आर्थिक अवस्थाले गर्दा कतै अन्य राम्रो अस्पतालमा जान सकेकी थिइन । अहिले गाउँपालिकाले गाउँमै विशेषज्ञ डाक्टर सहितको शिविरमा चेकजाँच गर्नपाएपछि अब रोग निको हुन्छ भन्ने आश रोखेकी छु । उहाँले भन्नुभयो, “यस भन्दा पहिला चेक जाँच नै नगरीकन औषधी खाने गरेकी थिए । कयौँ औषधी खाँए तर पनि पेट दुख्नु निको भएन । अहिले भिडियो एक्सरे गरेपछि मेरो पेटमा पत्थरीया देखिएको छ । औषधी खाएपछि त्यो खसिहाल्छ भन्दा निकै खुसी भएकी छु ।
त्यसै गरि हिमाली गाउँपालिका ४ पुर्नकली पाण्डेले भन्नुभयो, “घरको आर्थिक स्थिति निकै कमजोर भएकोले सुविधा सम्पन्न अस्पतालमा पुगेर दाँतको उपचार गर्न सकेकी थिएन, अहिले यो शिविरमा आएर निशुल्क दाँतको उपचार पाएपछि आफु निकै खुसी भएकी छु ।
यो शिविरमा हिमाली गाउँपालिका स्थानीयहरु मात्र सहज नभएर मुगु जिल्लाका जनताले समेत स्वास्थ्य सेवा पाएका छन् । मुगु जिल्लाको खत्याड गाउँपालिका १० की मुगा कार्कीले भन्नुभयो, “दुरदराजका स्थानीयलाई सहज हुने गरी बाजुराको हिमाली गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर राखेको भन्दा सुनेर यता आए हुन पनि हामी जस्ता गरिब परिवारका लागि यो शिविर बसेको रहेछ मेरो पनि लामो समय सम्म पेट दुख्ने समस्या थियो अहिले यतै भिडियो एक्सरे गरेर पेटको उपचार गर्न पाउँदा निकै खुसी छु । उहाँले भन्नुभयो, “दुरदराजका म जस्तै अन्य दिदिबहिनीले पनि निशुल्क भिडियो एक्सरे लगायतका चेक जाँच तथा औषधी उपचार निशुल्क गर्न पाएपछि यहाँका महिला दिदीवहिनीले गाउँमै सरकार आएर सेवा दिएको महसुस गरेका छन ।
पुकार, खैनी लगायतका सुर्तीजन्य प्रदार्थको सेवनका कारणले गर्दा यहाँका अधिकाशंको दाँतको समस्या देखिएको उनीहरुले समयमै उपचार गर्न नपाउँदा कतिपयको दाँत नै उखेल्नु पर्ने भएको डेन्टल राजकुमार रोकायाले बताउनुभयो ।
हिमाली गाउँपालिकाका जनताहरुले सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गर्न नसक्ने अवस्थामा यस्तो शिविरले सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन निकै सहजता बनाएको फिजिसियन डाक्टर दिपेन्द्र बुढाले बताउनुभयो ।
हिमाली गाउँपालिकाका स्थानीयहरुमा देखिएको स्वास्थ्य समस्यालाई मध्यनजर गरेर उनीहरुलाई गाउँमै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो दुइ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हिमाली गाउँपालिकाको स्वास्थ्य शाखा सयोजक प्रेमकला मल्लले बताउनुभयो ।
बाजुरा जिल्लाकै विकट ठाउँका स्थानीयहरुको आर्थिक अवस्था कमजोरका कारण सामान्य रोगको पनि उपचार गर्न नसक्ने भएकोले उनीहरुको यो अवस्थालाई मध्यनजर गर्दै गाउँमै विशेषज्ञ चिकित्सकद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविरको आयोजना गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकहरुले सामान्यतया उपचारको पहुँचमा सम्म पुग्न नसकेको अवस्थामा सबै उनीहरुलाई चिकित्सकिय सेवाको पहुँचमा पु¥याउने उद्देश्यले हिमाली गाउँपालिकाले यो दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
स्वास्थ्य परिक्षण सँगै गाउँमा अपाङ्गता भएका तर परिचयपत्र पाउँनबाट वञ्चित भएकाहरुलाई समेत सहज हुने गरी यती बेला हिमाली गाउँपालिकाले जिल्ला अस्पताललाई समन्वय गर्दै शिविरको आयोजना गरेको हो हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।