डम्मर बि.क.
पुनर्वास
सुदुर पश्चिम प्रदेश स्वारोजगार विकास कोष धनगढी कैलालिको आयोजनामा पुर्नवास नगरपालिकाका ११ वटै वडाका वैदेशिक रोजगारबाट स्वदेश फर्किएका ६० जना युवा युवतीहरुलाई स्वरोजगार बनाउने लक्ष्यले पुनर्वास नगरपालिकाको नगर सभाहलमा १ दिने अन्तरक्रिया तालिमको सुदुर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गले उद्घाटन गर्नु भएको हो ।
सुदुर पश्चिम प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाको अध्यक्षता, प्रमुख अतिथिमा सुदुर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङ्ग हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाकि नगर उप प्रमुख शारदा शर्मा बिष्ट, आर्थिक मामिला मन्त्रालय प्रदेश सचिव जितेन्द्र बस्नेत, अतिथिमा पुनर्वास नगरपालिका वडा न.६ का वडा अध्यक्ष मान बहादुर गुरुङ्ग लगायतको उपस्तिथि रहेको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गले कन्चनपुरमा पनि स्वरोजगार कोष भएता पनि कार्यकारी निर्देशक कर्मचारिको नियुक्ति भने बल्ल भएको र अब आगामी दिनमा बेरोजगार युवा युवतिलाई स्वरोजगार बनाउनमा प्रयत्न गर्ने, समुह बनाएर कृषि कार्य गर्ने, व्यवसायी बनाउने लक्ष्य लिएका छौ । यस्का लागी विभिन्न किसिमका आयमुलक कार्यक्रम र तालिम पनि संचालन भइ रहेका छन । तन, मन र धन लगाएर कार्य गर्नेलाई सस्तो ब्याजदरमा आर्थिक सहयोग कोषले गर्ने छ, विभिन्न किसिमका तालिम सन्चालन भए पनि विशेष युवा युवतिहरु भने होटेल र फलफुल सङ सम्बन्धितमा मात्र प्रयाप्त हुने र अरु तालिममा भने उपस्थिति कम हुने देखिएको छ । हरेक क्षेत्रको आफ्नो आफ्नै महत्त्व हुने भएकाले कुनै निश्चित क्षेत्रमा मात्र फाइदा छ भनेर सोच्नु गलत हो, मिहेनत, लगन र समयले राम्रो प्रतिफल दिने भएकाले एकाग्र भएर आफ्नो क्षेत्रमा लाग्न सुझाव दिनु भएको छ ।

मन्तव्यका क्रममा नगर उप प्रमुख बिष्टले महामारीका बेला विदेशबाट स्वदेश फर्कने सम्पुर्णलाई क्वारेन्टाइनको उपयुक्त ब्यवस्था गरिएको र महामारिका कारणले रोजगार गुमाएका सम्पुर्ण पुनर्वासीले अब स्वदेशमै केही गरुन भन्ने हेतुले यो कोषको स्थापना भएको हो, तपाईहरुले कुनै न कुनै ब्यवसाय गर्नु हुनेछ भन्ने ठूलो आशा राखेका छौ ।
मन्तव्यका क्रममा स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक श्री चुडामणी तिमिल्सिनाले अब यो कोषले ठाउ ठाँउमा समुह बनाउने छ, सीप नभएकालाई सीप र आर्थिकमा समस्या भएका तर व्यवसाय गर्न उत्साह भएकालाइ आर्थिक सहयोग गर्नछौ ।
मन्तव्यका क्रममा नगर कृषि विकास शाखाकि ललिता चौधरीले पकेट विकास कार्यक्रम, साना किसान कार्यक्रम, सबै वडामा माग अनुसार कृषि सम्बन्धि तालिम, मेशिनरी औजार, कृषि बीउ बिजन बितरण, प्राबिधिक घुम्ती कार्यक्रम संचालन गर्ने छौ । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागी तरकारी खेती, च्याउ खेती, केरा खेती, जस्ता तालिम दिईदै आएको र अझै पनि दिईने छ ।
मन्तव्यका क्रममा पशु विकास अधिकृत अनिता के.सि. ले उन्नत जातका भैसि पालन, बाख्रा पालन, बुङ्गुर पालन, कुखुरा पालन, प्रत्येक वडामा गाई भैंसी पाठा बाख्रालाई सुई लगाउदै र पोषणयुक्त भिटामिन दिईदै आएको र तिनिहरुको हेरचाह कसरी गर्न सकिन्छ भन्न्रे बारे तालिम गोष्ठि राखेका छौ ।
सम्पुर्ण सहभागीहरुले आआफ्नो परिचय दिदै कुन देशमा गएको र कति बसेको र भोगाईको बारेमा भन्न लगाई कार्यक्रमको सुचारु गरिएको थियो ।
अन्त्यमा सहभागीहरुमा यो तालिमबाट के सिकियो, अब के गर्न सकिन्छ भनेर सोधिएको प्रश्नमा सहभागिले तालिमबाट केही गर्ने क्षमता पुगेको, कसरी व्यवसाय गर्ने, कसरी यसबाट फाईदा लिने र सस्तो ब्याजदरमा आर्थिक सहयोग पाउने कुरा छ त्यो जस्ले साच्चै ब्यावसाय गरि रहेका छन त्यसैले पाए राम्रो हुन्थ्यो तर यहाँ आफन्त र आसे पासेले पाउने भएकाले ब्यावसाय गर्ने मनसाय भएनी गर्न नसकेको एक सहभागिले सुदुर पश्चिम खबरलाइ जानकारी दिनु भयो ।
कार्यक्रमको सन्चालन आर्थिक मामिला मन्त्रालय कैलालीका माधव राज जोशिले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्