उत्तम कुमार थापा
बझाङ २ माघ
८७ बर्षिया बृद्घालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैल बस्ने बर्ष २५ का तारा कामी पक्राउ परेका छन ।
पौष २७ गते राती अन्दाजी १० बजेतिरको समयमा ८७ बर्षिया बृद्घा नाम परिवर्तन ( झ कुमारी ) लाई जबरजस्तीकरणी गरेको आरोपमा कामी पक्राउ परेका हुन ।
पिडित बृद्घको नाक र गालामा समेत चोट लागेको छ । घरमा एक्लै रहेको अवस्थामा निजको घर भित्र पसी निज पीडित लाई जवरजस्ती करणी गरि भागेको खबर प्राप्त भएपछि माघ १ गते कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खडकाले बताए । पक्राउ परेका कामी बिरुद्घ जवरजस्ती करणी कसूर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्