Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

पुनर्वासको सबै भन्दा जेठो सहकारिको साधारण सभा सम्पन्न

IMG
देब राज गिरि
पुनर्वास 
कंचनपुरको पुनर्वासमा रहेको पुनर्वास सहकारी संस्था लिमिटेडको २८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थाको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष परशुराम विश्वकर्माको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभाको विशिष्ट अतिथीमा केन्द्रिय दुग्ध सहकारी संस्थाका संचालक सदस्य भरत बहादुर बिष्ट रहनुभएको थियो । 

त्यस्तै अतिथिमा पुनर्वास नगर पालिका वडा न ५ का वडा अध्यक्ष वीर बहादुर बोगटी, पुनर्वास सहकारी संस्था लिमिटेडका पुर्ब अध्यक्ष स्थिर प्रसाद घिमिरे, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि, सेयर सदस्य, नियमित बचतकर्ता, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको दिर्घाबाट मन्तव्य राख्नु हुँदै नगर प्रमुख थापाले सहकारीका ऐन अनुसार एकै प्रकृतिका सहकारी मर्ज भएर अघि बढन सके मात्र हामी सफल हुन्छौ । सहकारी मर्ज हुँदा मेरो जागीर के हुने, मेरो पद के हुने भन्ने अन्योलमा न रहेर सहकारी मर्जको सुरुवात सबै भन्दा पुरानो पुनर्वास सहकारीले गर्नु पर्नेमा जोड दिनु भयो । नगरपालिकामा चिस्यान केन्द्र बनाउने भन्ने निर्णय पारित भइ सकेको र त्यसका लागि प्राबिधिकहरुको टोलिले प्रतिबेदन पनि बुझाइसकेकोले चिस्यान केन्द्रका लागि आवश्यक पर्ने मध्येको बाकी रकम कुनै एउटै सहकारी भन्दा पुनर्वास भरिका सम्पुर्ण सहकारिले सेयर लगानी गरे सबैको आफ्नो भन्ने भावनाको बिकास हुने थियो भन्नू भयो । 

मन्तव्यका क्रममा केन्द्रिय दुग्ध सहकारी संस्थाका संचालक सदस्य भरत बहादुर बिष्टले यहाँका उखु किसानको समस्या लाई मध्य नजर गर्दै यस सहकारी मार्फत उखु किसानले उत्पादन गरेको उखु खरिद गर्ने र उखु मिललाइ बिक्री गर्ने र बिचमा आउने बिचलियाको समस्या समाधान गर्नका लागि कुरा अगाडि बडाइएको जानकारी दिनु भयो ।

वडा न ५ का अध्यक्ष वीर बहादुर बोगटीले मन्तव्यका क्रममा चिस्यान केन्द्रका लागि छुट्ट्याएको रकम अपुग हुने भएकाले बाकी रकम कसरी ब्यबस्थापन गर्न सकिन्छ त्यस्का बारेमा बन्द सत्र बाट निराकरण गर्न आबश्यक रहेको बताउनु भयो ।