नेपाली कम्युनिष्ट बिद्यार्थी आन्दोलन अनेरास्ववियूका आशा र भरोसाका केन्द्र डेढ दशक देखी नेपाली विद्यार्थी आन्दोलनमा संघर्षरत एक योद्धा हुन पुष्प, एक उर्जाशिल बौद्धिक ब्याक्तित्व, कृयाशिल, निडर, सक्षम, जुझारु, लगनशील, मिलनसार, सिर्जनशील, चर्चित क्योकुशिन करातेका खेलाडी प्रभावशाली संगठक, कुसल बिचारक एवम् विद्यार्थी आन्दोलनका आशातित चर्चित विद्यार्थी नेताको प्रयायी नाम हो पुष्पलाल रोकाया “ज्वाला”
खप्तडछान्ना–७, गडराय बझाङ स्थायी घर भएका ज्वाला मिति २०७७।९।२४ मा बझाङ जिल्ला भेला बाट संयोजकमा निर्वाचित हुनु भएको हो, बिद्यार्थी संगठन संगै पार्टी कमिटीमा पनी निरन्तरता दिदै अघि बढी रहनु भएको छ ।
१. महेश्वरी मावि गडराय छान्ना बझाङ अनेरास्ववियु प्रा.क. अध्यक्ष २०६२ साल
२. ६ औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलन प्रतिनिधि, २०६३ साल
३.दुर्गालक्ष्मी उमावि प्रा क सचिव अत्तरिया कैलाली २०६४ साल
४. सिद्धनाथ बहुमुखी क्याम्पस हालको सुप बिश्वबिद्धालय क्याम्पस कमिटी सचिव महेन्द्रनगर कंचनपुर २०६६ साल
५. जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष भोपुर चैनपुर बझाङ २०६८ साल
६. ८ औं अनेरास्ववियु बझाङ जिल्ला कमिटी सदस्य, २०६९ साल
७. ९ औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलन बाट सचिवालय सदस्यमा निर्वाचित २०७० साल
८. १० औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलन बाट बहुमत सबैभन्दा बढी मतले बिजयी ले सचिवमा निर्वाचित २०७२ साल
९. २१ औं अनेरास्ववियु राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि
१०. २२ औं अनेरास्ववियु राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि
११. ११ औं अनेरास्ववियु बझाङ जिल्ला सम्मेलनबाट उपाध्यक्ष र सम्मेलनको अध्यक्ष मण्डल र जि. क. पार्टी नेताले ११ महिना पछी स्वतः जिल्ला संयोजकको निर्णय । पार्टी एकतामा निर्णय कार्यान्वयन भएन । एकताको मर्म बिपरित शक्तिको नाममा बिधी बिधान मिचेर भेगिय, नातावाद कृपावाद आफ्नो बफादारलाई एकताको संयोजक जुनियरलाई टिका लगाइयो र ज्वालालाई बिद्यार्थी राजनीतिबाट बाइपास गर्न खोजियो तर केहि समय नबित्दै आज अनेरास्ववियू बझाङको प्रथम भेलाले जिल्ला संयोजकमा सर्वसम्मत निर्वाचित गर्यो । ज्वाला बिद्यार्थी संयोजकमा निर्वाचित भए संगै बझाङका सम्पुर्ण प्रगतिशील, देशभक्त, बामपन्थी तथा जनवादी बिद्यार्थीहरुमा खुशी छाएको छ ।
पार्टी एकता पछि पार्टी जिम्मेवारी
१२. नेपाल कम्युनिष्ट पार्टी नेकपा बझाङ जिल्ला युवा तथा खेलकुद बिभाग सदस्य, २०७६ साल र
१३. नेपाल कम्युनिष्ट पार्टी नेकपा खप्तडछान्ना गा.पा. संगठन कमिटी कार्यालय सदस्य, २०७६ साल को जिम्मेवारी रहेको छ, भने
१४. नेपाल क्योकुशिन कराते संघ KWF का केन्द्रीय अध्यक्ष र क्योकुशिन बिस्व महासंघ KWF Kyokushin World Federation
बोर्डका सदस्यको जिम्मेवारीमा पनि रहेकाछन ।
१५. हाल अनेरास्ववियु जिल्ला कमिटी बझाङका संयोजक रहनु भएको छ ।
कमेन्ट गर्नुहोस्