Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

दलित सहकारीको २३ औ बार्षिक साधारण सभा सम्पन्न

Dev Raj Giri - 2021 Jan 08 06:19 PM
IMG
लाल बहादुर एस‌ के
पुनर्वास 
कंचनपुरको पुनर्वासमा रहेको दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ बार्षिक साधारण सभा सम्पन्न  भएको छ ।

शुक्रबार आई.बि.आर.डी.को खुल्ला मञ्चमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष सेते विश्वकर्माको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभाको विशिष्ट अतिथीमा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रबन्धक कृष्ण बहादुर रावल रहनुभएको थियो । त्यस्तै अतिथिमा बजार ब्यबस्थापन समितिका अध्यक्ष मुरली सुनार, शिवशक्ती दुग्ध सहकारी संस्था पराशनका अध्यक्ष चक्र प्रसाद ओझा लगायतका व्यक्तिहरु रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको दिर्घाबाट मन्तव्य राख्नु हुँदै नगर प्रमुख थापाले सहकारीका ऎन, नियम पालन गरि अगाडी बढ्न सके मात्रै सहकारीको सफलता हुने बताउनुभयो। 

नगरपालिकामा चिस्यान केन्द्र बनाउने भन्ने निर्णय पारित भएपनि चिस्यान केन्द्र कहाँ बनाउने र कस्ले संचालन गर्ने भन्ने टुंगो नहुदा हामी अन्यौल शृजना भएको बताउनुहुदै  नगर भित्रको सहकारीहरुले कुनै एक प्रस्ताव ल्याए काम गर्न सहज हुने नगर प्रमुख थापाले बताउनुभयो ।

त्यस्तै मन्तव्यकै क्रममा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रबन्धक कृष्ण बहादुर रावलले सहुलियत दरमा माघ महिना भित्र यस संस्थालाई ५ करोड लगानी स्वीकृत गर्ने बताउनुभयो । 

संस्थाले विशिष्ट अतिथि रहनुभएका राष्ट्रिय सहकारी बैंक धनगढीका प्रबन्धक कृष्ण बहादुर रावललाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

वार्षिक प्रतिवेदन अनुसार संस्थाका कार्यवाहक अध्यक्ष सेते विश्वकर्माले १४ करोड ६३ लाख ६७ हजार रुपैयाँ सम्पत्ति दायित्व प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिवेदन संस्थाका लेखा संयोजक राम सिंह बडुवाल र लेखा परिक्षण प्रतिवेदन संस्थाका व्यवस्थापक दानबहादुर रावलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शेयर सदस्य, बचत कर्ता, विभिन्न सहकारीका प्रतिनिधि र पत्रकार समेतको उपस्थिति रहेको थियो

संस्थाका सञ्चालक सदस्य तिर्थराज उपाध्यायको स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक दानबहादुर रावलले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्