Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

कट्टाको झोला प्रयोग गर्दै बसन्त

IMG
शेरबहादुर सार्की
बाजुरा ,पुस २३ गते 
बाजुराको बसन्त बालमैत्री आधारभूत विद्यालयका सबै विद्यार्थीहरुले कट्टाको झोला प्रयोग गर्दै आएका छन् ।

विद्यालयले पोशाक सँगै झोलामा पनि समानता ल्याउने गरी अनिवार्य गरेपछि विद्यार्थीहरुले कट्टाको झोला प्रयोग गर्दै आएका हुन् ।

गरिब, दलित तथा पीछडीएका वर्गका बालबालिकालाई सहज हुने सस्तो र सुलभ मुल्यमा प्राप्त गर्न सक्ने गरी सरकारले २०४५ साल देखि बाजुराका सबै सरकारी विद्यालयमा पोशाक प्रयोगमा ल्याएको थियो । त्यसै २०६७ साल देखि बसन्त बालमैत्री आधारभूत विद्यालयले पनि थप झोलामा समानाता हुने गरी कट्टाको झोला प्रयोगमा ल्याएको प्रधानाध्यापक बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, सबै अभिभावक आर्थिक रुपमा सम्पन्न हुँदैन्न । आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरुका लागि झोला किन्न केही ठुलो कुरा नभएपनि पैसा नहुनेका लागि त्यो कुरा धेरै ठुलो हुन्छ । त्यसैले जसरी विद्यार्थीको पोशाकमा एकरुपता छ, त्यसै गरी झोलामा पनि समानता हुने गरी कट्टाको झोला प्रयोगमा ल्याएको प्रधानाध्यापक थापाले बताउनुभयो ।
 
बसन्त बालमैत्री विद्यालयमा कक्षा ५ मा अध्ययनरत रमिला नेपालीकि अभिभावक सिता नेपालीले भन्नुभयो, गाउँमै मजदूरी गरेर पसलबाट चामल खान्छौ अनी कट्टाको छोरा छोरीलाई झोला सिलाइ दिन्छु । नेपालीले भन्नुभयो, पहिला चार पाँच सय हालेर झोला ल्याउनु पर्दथ्यो, अहिले कट्टाको झोला विद्यालयले अनिर्वाय गरेपछि त्यो पैसाले उनीहरुको कापी, कलम किन्न सहज भएको छ ।

सबै साथीहरुले राम्रो राम्रो झोला बोकेर विद्यालयमा आउथ्ये आफुले ऋण गरेर पनि झोला ल्याउनु परेको थियो । अहिले विद्यालयले चामलको खाली कट्टाको झोला सिलाउनु भनेपछि झोला किन्ने पैसाले कापी कलम किन्न सहज भएको बसन्तबालमैन्त्री विद्यालयका छात्र रमिला नेपालीले बताउनुभयो ।

यस भन्दा पहिला कक्षामा अन्य साथीले राम्रो राम्रो झोला ल्याउन्थे आफुलाइ पनि यस्तै झोला हुन पाए भन्ने लाग्थ्यो अहिले सबैका झोला कट्टाका सिलाउने गरेपछि आफुलाई पनि निकै सहज भएको नेपालीले बताउनुभयो । बुढीगङ्गा नगरपालिकाको २ मा रहेको बसन्तबालमैत्री विद्यालय नगरकै पहिलो बालमैत्री विद्यालय हो ।

भौतिक शैक्षिक क्षेत्रमा विद्यालयले सबै खालको मैत्री पूर्ण बातावरण सृजना गर्दैआएपछि बसन्त आधारभूतबाट बसन्त बालमैत्री विद्यालय भएको प्राधानाध्यापक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, यस विद्यालयमा हरेक कुरामा समानता भएकोले गाउँका अन्य विद्यालयमा पढ्दै गरेका बालबालिका यतै भर्ना हुन आउने गरेका छन् । अहिले यो  विद्यालयमा कक्षा एक देखि ५ सम्म छात्रा ५२  र छात्र ५० गरेर  १०२ वटा छात्रा छात्र अध्ययन गर्दै आएका प्रअ थापाले बताउनुभयो ।

क्याप्सन:- बूढीगङ्गा नगरपालिका –२ मा रहेको बसन्तबालमैत्री विद्यालयका विद्यार्थीहरुले प्रयोग गर्दै आएका कट्टाका झोला । तस्बिर:-शेरबहादुर सार्की /बाजुरा

कमेन्ट गर्नुहोस्