Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

अब ८ कक्षाको परीक्षा स्थानीयले, एसईई प्रदेशले र १२ को बोर्डले लिने

IMG
काठमाडौ 
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को संघ (राष्ट्रिय परीक्षा बोर्ड) ले गर्ने सहमति जुटेको हो । 
यो प्रस्तावलाई अब मन्त्रिपरिषद्‌मा लैजाने शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो वर्ष एसईईको र क्रमश : कक्षा ८ र १२ को परीक्षा गर्ने योजना शिक्षा मन्त्रालयले तयार पारेको छ । ‘समितिमा सहमति जुटेको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुन्छ’, शिक्षा मन्त्रालयका एक अधिकारीले भने  । 

शिक्षा मन्त्रालयले पनि परीक्षा र कोभिडका कारण प्रभावित भएको शैक्षिकसत्रलाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको छ । शिक्षा मन्त्रालयको प्रस्ताव र सामाजिक विकास समितिको निष्कर्षका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । 

एसईई कसरी सञ्चालन हुन्छ ?

प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा परीक्षा हुनेछ । सचिवको अध्यक्षतामा परीक्षा बोर्ड र प्रदेश शिक्षा निर्देशनालयले प्राविधिक काम गर्नेछ भने राष्ट्रिय परीक्षा बोर्डले सहजीकरण गर्नेछ । 

‘अब एसईई सञ्चालनको नेतृत्व प्रदेशको सामाजिक विकास मन्त्रालयले लिनेछ । प्राविधिक काम प्रदेशको शिक्षा विकास निर्देशनालयले गर्छ । सर्टिफिकेसन र  प्रमाणीकरण निर्देशनालयले गर्छ’, मन्त्रालय उच्च स्रोतले भन्यो । यसअघि एसईई र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको थियो । 

संघीयताअनुसार शिक्षाको कार्यान्वयन गरिने शिक्षासचिव गोपीनाथ मैनालीले बताए । ‘विभिन्न विकल्पमा छलफल भइरहेको छ । परीक्षा  र शैक्षिकसत्र व्यवस्थापनको विषयमा छिट्टै निर्णय हुन्छ ।  संघीयताअनुसार शिक्षाको कार्यान्वयन हुन्छ’, उनले भने । 

तर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फारम र कक्षा १० (एसईई) को आवेदन फारम भने खुलाइसकेको छ । १६ पुसदेखि २१ माघसम्ममा विद्यालयले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फारम भराइसक्न बोर्डले भनेको छ । 

‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौँ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षा कसले गर्ने निर्णय भएको छैन । तर, जसले परीक्षा लिए पनि विद्यार्थीको फारम भराउने निर्णयमा पुगेका हौँ ।’

शिक्षाविद्को सुझाव : स्तरीय परीक्षा गरौँ

विद्यार्थीको सही मूल्याङ्कन गर्न स्तरीय परीक्षाको व्यवस्था गर्नुपर्ने शिक्षाविद्हरूको राय छ । ‘८ को पहिलेदेखि नै स्थानीयले गर्ने भन्ने हो । पालिकाहरूले अभ्यास पनि  गरिरहेका छन् । कक्षा ३, ५, ८, १० र १२ को स्तरीय परीक्षामा जानुपर्छ’, शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने, ‘यो पालिकाहरूलाई नै दिनुपर्छ ।’

शिक्षानीतिमा एसईई प्रदेशले गर्ने भनिएकाले अब ‘डे टु डे’ को परीक्षा भने विद्यालयले लिनुपर्ने डा कोइराला बताउँछन् । ‘१० कक्षाको समस्या देखियो । हिजो १० को जाँच एसईई होइन भनियो । तर, शिक्षा नीतिमा परेकाले एसईई प्रदेशमा आयो । अब प्रदेश सरकाले स्तरीय जाँच लिने र ‘डे टु डे’ को जाँच विद्यालयले नै लिनुपर्छ’, उनले भने, ‘१२ को पनि स्तरीय गरौँ । स्तरीय परीक्षा बोर्डले लिनुपर्छ । विद्यार्थीले आफू कस्तो हो भन्ने आफैँ थाहा पाउनुपर्छ ।’     
शिलापत्र बाट साभार
 

कमेन्ट गर्नुहोस्