लाल बहादुर एस के
महेन्द्रनगर पौष १३
अपाङ्गता भएका व्यक्तिको शसक्तिकरणमा संचार माध्यामको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागिले बताएका छन । नेपाल अपाङ्ग महिला संघले सोमबार महेन्द्रनगरमा ‘अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता, पहुँच र शसक्तिकरणमा संचार माध्ययमको भूमिका विषयक छलफलमा अपाङ्गता क्षेत्रमा कार्यरत संघ संस्थाका पदाधिकारीले अपाङ्गता भएका व्यक्तिको शसक्तिकरणमा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन ।
नेपाल अपाङ्ग महिला संघकी महासचिव मिना पौडेलले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिका थुप्रै पीडा हुने भएकाले उनीहरुको अधिकारका लागि संचार क्षेत्रले आवाज उठाउनुपर्नेमा जोड दिएकी हुन । अपाङ्गता क्षेत्रको राज्यले प्रदान गरेका हक अधिकार बारे उनले प्रष्ट पार्दै संचार क्षेत्रमा अपाङ्गताका विषय उठानमा जोडदिनुभयो ।
नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरकी अध्यक्ष अनिता ढुङ्गनाले हरेक क्षेत्रमा अपाङ्गता भएका महिलाका समस्या भएकाले उनीहरुको समस्या उजाकर गर्दै अधिकार स्थापितका लागि संचार क्षेत्रको अहम भूमिका हुने बताईन । कञ्चनपुरका पत्रकारले समेत अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि संचारका क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
कमेन्ट गर्नुहोस्