उत्तम कुमार थापा
खप्तड छान्ना गाउँपालीकाको वडा नम्बर ४ डाडाँको खलंगामा खानेपानीको समस्या छ । विगत लामो समय देखि गाउँमा खानेपानीको समस्या देखिदै आएको हो । वास्काटियाको डाडाँमा खानेपानीको समस्या रहेको तपाईं हामी सबैलाई थाहा नै छ । निर्वाचन २०७४ सम्पन्न भए पछि स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकार बन्यो तर जनताको दुख जस्ताको त्यस्तै देख्न पाइन्छ ।

खानेपानीको समस्या याहाँ मात्रै हैन विभिन्न ग्रामिण भेगमा उस्तै रहेको पाईन्छ । निर्वाचन समयमा नेताहरु गाउँघरमा आउन्छन । नारा लगाउदै कोरा भाषण छरेर जनताको आखामा छारो हाल्नेकाम गर्दै ,भन्छन । हामीलाई भोट दिनुहोस खानेपानी हामी तुरुन्तै बनाई दिन्छु । तर भोट माग्न आएका नेता कार्यक्रताले भने अहिलेसम्म गाउँमा नहेरेको धामी बिक्रम रोकायाले बताए । उनले भने सबै सरकारको अनुभुती भयो , अहिले डाडाँको खलंगामा झण्डै १०० जनसंख्या रहेको छ । खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको हुदा हामिले आफ्नै लगानीमा लेकको बाजको लठ्ठी र बासँको लठ्ठीमा पाइप राखेर खानेपानी बनाएका छौ । अहिले सम्म स्थानीय सरकार खप्तड छान्ना गाउँपालीका,प्रदेश सरकार केन्द्रीय सरकार कसैलेपनि गाउँमा नहेरेको कारण जनसमुदायको आफ्नै लगानीमा धारा निर्माण गरेको बिक्रम रोकायाको भनाइ छ ।

यसै विच अब निर्वाचन नजिकै आउदैछ ,चुनाव प्रचारप्रसारमा नेताहरु घरदैलोमा आउन्छन । पानी दिनु न भन्दा हामी धाराको पानी स्वच्छ हुन्छ उतै खानुहोस भन्ने र तपाईले हालेको योजनाले पक्की धारा बनाएको व्याङ्या हान्दै पानी खुवाउने स्थानीय बासी सिद्धराज रोकायाको भनाइ छ । उनले भने, सबै नेताहरु आउन्छन हामी सोझा जनतालाई भुल्याउदै कोरा नारा झोडेर जान्छन । योजना हालेमा पाटीको मान्छे भन्दै व्याक्तिगत योजना दिन्छन अनि विकास कता बाट हुनुर ,भन्दै आगामी दिनमा जनसमुदायले सचेत हुनुपर्ने उनले बताए । रोकायाले भने अहिलेसम्म कुनै निकाय बाट योजना नआउदा सबै गाउँले मिलेर लठ्ठीमा पाईप राख्दै,खानेपानी खानबाध्य भएको सिद्धराज रोकायाले बताए ।