लाल बहादुर एसके
पुनर्वास
खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले निर्वाचन क्षेत्रमा रहेका योजनाको स्थलगत अनुगमन एबं जनतासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेकी छिन । गृहनगर पुगेकी खानेमन्त्री मन्त्री मगरले शुक्रबारदेखि निर्वाचन क्षेत्रका जनतासंग भेटघाट एवं विभिन्न योजनाको अनुगमन गरिरहेकी हुन् ।
नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे ।
अनुगमनका क्रममा मन्त्री बिना मगरले विद्यालयको जिर्ण भवन अबलोकन गर्दा सारै दुःख लागेको र यस्तो भवनमा पनि पढाई हुने कुरा सुन्दा नरमाइलो लागि रहेको छ । नयाँ भवन निर्माणका लागि नभए पनि जिर्ण भएको भवन मर्मत गर्नका लागि म हर तरबले लाग्ने छु । विद्यालय परिवार यस प्रति ढुक्क हुनुस म जति सक्दो चाडो भवन मर्मतका लागि पहल गर्ने छु ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले विद्यालयको मुख्य भवन अत्यन्त जिर्ण भई बर्षातमा चुहिने भएको र मानवीय क्षति समेत हुने सम्भावना बढेकाले यस समस्यालाई मन्त्री मगरले गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल गर्ने कुरामा विद्यालय परीवार आशावादी रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थीर प्रसाद घिमिरे, नेकपा नेता रामबहादुर देवकर, पुनर्वास ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमल्सिना, विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेल तथा विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति थियोे ।
पुनवार्सको ओम शान्ति भवन र सिमरीका राना थारु समुदायको संस्कृती संरक्षण सत्संग भवन, मन्दिरको स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री मगरलाई स्वागत समेत गरिएको छ । अनुगमनको क्रममा ओम शान्ति भवनमा बोल्दै आजको यस समयमा नेपाल अधिराज्य भरी विभिन्न किसिमका हत्या हिसाँ भईरहेकोले त्यसलाई कमगर्नेका लागि ओम शान्तिले खेलेको भुमिका अहम रहेकोले यो कार्य एकदमै सरहानिय छ ।
क्षेत्र नम्बर १ को दिगो विकासका योजनामा मन्त्रीले पहल गरेको भन्दै स्थानीयले उनको स्वागत गरिरहेका छन । मन्त्री मगरले जनतासंग विकास निर्माणबारेमा छलफल गर्दै सुझाव संकलन समेत गरिरहेकी छिन । ‘विगतमा जनतासंग गरेका बाचा अनुरुप योजना पठाएका छौ, केही योजनाहरु पठाउने तयारीमा छौ । ‘मन्त्रीले भनिन, – “योजनाको भौतिक प्रगति के कस्तो भईरहेको छ, त्यस बारेमा अध्ययन र जनतासंग छलफल गरेर आगामी दिनमा थप योजना अघि बढाउँछौँ ।” विकासबाट उपेक्षित गरिएको क्षेत्र नम्बर १ मा खानेपानी मन्त्री निर्वाचित भएसंगै विकास निर्माणका योजनाले तिव्रता पाएको जनताको आभास गरिरहेका छन् ।
त्यसै गरी पुनर्वास ५ मा अवस्थीत गौरी शंकर माविको सासंद विकास कोषबाट निर्मित भवनको स्थलगत अनुगमन गर्दै मन्त्री मगरले यथाशिघ्र काम सम्पन्न गर्न सम्बन्धीत पक्षलाई आग्रह गर्नु भएको छ ।
कमेन्ट गर्नुहोस्