Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा

IMG
खगेन्द्र अवस्थी
काठमाडौं
रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।

लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।

देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गैतमले गर्ने गरेका छन् । । “खोजि आवाजको” प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गाएक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।

पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडि काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।

यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामि मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।

यस्तै तेस्रो रेडियो अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाण्डौ, नविन बोहरा डोटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।
तीन अडिसनबाट ६ जना छानिएका थिए ।  जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए ।

फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।

कमेन्ट गर्नुहोस्