यम प्रसाद आचार्य
कार्तिक ९, पुनर्वास
कञ्चनपुर–कञ्चनपुरको पुर्नबासमा दशैको मुखैमा छोराले आफ्नै आमाको बीभत्स हत्या गरेका छन् । पुनर्वास नगरपालिकाको वडा नम्बर ३ का ३० बर्षिय पप्पु बादिले आफ्नै आमा ५७ बर्षिय पार्वती बादिको बन्चरोले हानेर हत्या गरेका हुन ।
शनिबार बेलुकी घरको सामान्य बिबादकाक्रम पुनर्वास- ३ सुकुम्बासी टोलका पप्पु बादिले धारिलो बन्चरोले हानेर आमालाई गम्भीर घाइते बनाएकोमा स्थानीय अस्पतालमा सम्भव नभए पछि सेती अस्पताल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश विष्टले बताए । बिष्टले छोरा पप्पु बादीलाई पक्रेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन ।
दसैँको मुखैमा भएको यस्तो बीभत्स घटनाले सुकुम्बासीटोल पुरै त्रसित र शोकमग्न बनेको छ ।
कमेन्ट गर्नुहोस्