Trending Now: नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न नव ज्योति आमा समूहको चौथो साधारण सभा सम्पन्न प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत मनकारी यशोदा र तेजले गरे गरिब तथा जेहेन्दार विद्याथीलाई सहयाेग स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीको सभापतिमा ने. बि संघका निरज भण्डारी विश्व खोज दैनिकद्वारा नारी दिवसको उपलक्ष्यमा महिला कर्मचारीलाई सम्मान पुनर्वासमा पनि मनाईयाे ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रानाथारु संस्कृति प्रबर्द्धनका लागि लालझाडीमा खखडेरा महाेत्सव हुने फागुन २० गते बेलाैरीमा रानाथारुकाे हाेली मिलन कार्यक्रम हुने

नेकपाको स्थायी कमिटि बैठक आज बिहान ११ बजे

Ashok Sarki - 2020 Jul 28 03:19 PM
IMG

काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (मंगलबार) बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ।

पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक मंगलबार भने सूचारु हुने बताइएको छ । तर नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन ।

पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो । छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दाहाल नेपालमा खेमामै रहेका भनिएका वामदेव गौतम र रामबहादु थापा बादल सहभागी नभएको दाहालको सचिवालयले जनाएको छ।

स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ।

दाहाल नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको स्रोतको दाबी छ।

स्थायी समिति बैठक अनिश्चित भइरहेका बेला विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीसमेत हुन थालेको छ।

दाहाल नेपाल पक्षीय एक चौथाई केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउनका लागि हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

कमेन्ट गर्नुहोस्